Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशलायन्स क्लबद्वारा ६० जना दलित, एकल एवं विपन्न महिलाहरुलाई आर्थिक सहयोग

लायन्स क्लबद्वारा ६० जना दलित, एकल एवं विपन्न महिलाहरुलाई आर्थिक सहयोग


वीरगंज, भदौ १० ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगंज विजयपथको संयुक्त आयोजनामा आज वीरगंजको सेन्ट जेभियर्स विद्यालयको सभाहलमा पोखरीया नगरपालिका र जगरनाथपुर गाउँपालिकाका ६० जना बाढी प्रभावित सुनौलो हजार दिनका दलित, एकल एवं विपन्न महिलाहरुलाई आर्थिक सहयोग गरिएको छ । इन्टर–जेनेरेश्नल फोरम, वुमेन ह्युमेनिटेरियन एण्ड डि.आर.आर. प्लेटफर्म र वुमेन फ्रेन्ड्ली डिजास्टर म्यानेजमेन्ट कोर ग्रुपबाट पर्सा जिल्लाका बाढी प्रभावित दलित, एकल एवं विपन्न महिलाहरुको सहयोगकालागि प्राप्त भएको रकमबाट जनही सात हजार पाँच सयका दरले ६० जना महिलाहरुलाई चार लाख पचास हजार नगद सहयोग गरिएको लायन्स क्लब अफ वीरगंज विजयपथका अध्यक्ष लायन विजय कुशवाहाले बताउनु भयो ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी उपाध्यक्ष एवं पोखरीया नगरपालिकाकी उपमेयर लायन सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवालले दातृ संस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि प्रभावित विपन्न महिलाहरुकोलागि यस्ता सहयोगका कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्न आग्रह गरेका थिए ।
आर्थिक सहयोग प्राप्त गर्ने ६० जना विपन्न महिलाहरुमा बनिता देवी, शोभा देवी, कलमसुन खातुन, मुन्ना देवी, तारा देवी, मजलिमा खातुन, सुगन्धी देवी अहिरिन लगायतका रहेका छन् ।
कार्यक्रममा लायन्स क्लबका एरिया चिफ लायन बासु तिमिल्सिना, डिष्ट्रिक्ट डेपुटी चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिना देवी टिबडेवाल, वरिष्ठ प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, जगरनाथपुर गाउँपालिकाको उपमेयरका स्वकिय सचिव सरिफ गद्दी, नवदिप एकेडेमीकी प्रधानाध्यापक शुसिला साह लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज विजयपथका अध्यक्ष लायन विजय कुशवाहाले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: