Friday, March 1, 2024
spot_img
Homeफिचरकाङ्ग्रेसको सता धाक ,स्थानीय प्रशासन निरीह

काङ्ग्रेसको सता धाक ,स्थानीय प्रशासन निरीह

वीरगन्ज ,९ भदौ /

पर्सामा सतारुढ दल नेपाली काङ्ग्रेसले कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पार्टीगत भेला गर्न थालेको पाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले तेस्रो चरणको कोरोना संक्रमण भित्रीने जोखिम रहेको भन्दै २५ जना भन्दा बढी भएका कुनै पनि पार्टीगत भेला ,गोष्ठी ,सेमिनार जस्ता कार्यक्रमलाई संचालन गर्न रोक लगाएको छ ।

तर सतारुढ नेपाली काङ्ग्रेस पर्साले यसको वेवास्ता गर्दै बुधबार पर्सागढी नगरपालिका १ स्थित कोईलाभार माईको मन्दिरको प्राङ्गणमा
भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।

नेपाली काङ्ग्रेस पर्साको क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन हुन लागेको बिषय लिएर छलफल भएको छ ।

कार्यक्रमा प्रदेश (क) उमेदवार चन्द्रकिशोर महतो थारु, प्रदेश (क) सभापती सुलिमान मिया दर्जी, महासमिती सदस्य रामेश्वर रौनियार, महासमिति सदस्य रामजन्म चौधरी, महासमिति सदस्य प्रेमलाल चौधरी, जिल्ला समिति सचिव श्याम पटेल, जिल्ला समिति सदस्य भगवत चौधरी सहित अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । 

छलफलमा आफनो आफ्नो मन्तव्य राखीदै चन्द्रकिशोर महतोले हामी सबै नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ताहारु एकजुट भै १४ औ महाधिवेशनको सफल बनाउन पर्नेमा जोड दिएका थिए । 

महासमिती सदस्य रामजन्म चौधरीले काङ्ग्रेसमा रहेका केहि ब्याक्तीहरुले हामी अगुवा कार्यकर्तालाई डराउन चाहन्छ भने हामी डराउदैनौ मन्तव्यमा राखेको थिए । 

त्यसै गरि जिल्ला समिति सचिव श्याम पटेलले नेपाली काङ्ग्रेसका अगुवा ठुलाबडाहरुले पनि सबै जनालाई समेटेर जान्नु पर्ने मन्तव्यमा व्यक्त गरेका थिए । अन्तमा कार्यक्रमका सभापति लिभएका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति महमद लुकमान अन्सारीले मन्तव्य राखी कार्यक्रमलाई सम्मापन भएको हो ।


 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: