Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशवीरगन्ज कारागारमा निर्माण भएको भौतिक संरचनाको उदघाटन

वीरगन्ज कारागारमा निर्माण भएको भौतिक संरचनाको उदघाटन


वीरगन्ज,२ भदौ
/
वीरगन्ज कारागारमा कैदिबन्दीका लागी निर्माण भएको भौतिक संरचनाको आज उदघाटन भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले एक कार्यक्रमका बिच निर्माण भएको भौतिक संरचनाको उदघाटन गरेका हुन ।
कारागारमा रहेका कैदीवन्दीका लागी सहज रुपमा विभिन्न सेवा प्रदानका लागी भान्सा घर ,फोहोर विसर्जन टनेल ,कैदिबन्दीका लागी टिभि रुम ,सैलुन ,शैचालयको मर्मत संभार भएपछि उदघाटन भएको हो ।
भौतिक संरचनाको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सरकारको निकायलाई गर्नुपर्न काम समाजिक संस्थाको सहयोगमा भएकोमा खुशी लागेको बताए ।
उनले अगामी दिनमा पनि कारागारमा आवश्यक पर्न विभिन्न संरचना र उपकारण निर्माण गर्न समाजिक संघ संस्थाले सहयोग गर्न आग्रह गरे ।
यस्तै कारागारका प्रमुख कृष्ण गैरेले कारागारका लागी विभिन्न संघ संस्था सहयोगमा करिब ७० लाखको लगानीमा भौतिक संरचना निर्माण र मर्मत भएको जानकारी दिए ।
उनले कम समयमा कैदिबन्दीका लागी आवश्यकता अनुसारको भौतिक संरचना थपिएको बताए । वीरगन्जमा विभिन्न सहयोगी संघ संस्था भएकाले कुनैपनि काम गर्न असहज नहुने भएकाले अगामी दिनमा सहयोगका लागी अपेक्षा राखे ।
उदघाटन कार्यक्रममा कारागारका नायब सुब्बा नवराज बर्तौला ,स्वास्थ्यकर्मी दिपक यादव , सेनाका मेजर नैन बस्नेत,पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाल कार्की ,समाजिक संस्थाका फुलचन्द्र अग्रवाल ,सज्जन अग्रवाल लगायतकाहरुको सहभागीता रहेको छ । कारागारलाई जगदम्बा स्टील प्रालि, शिवशक्ति ध्यू उद्योग, लक्ष्मी नारायणी ट्रेडिङ, अप्सरा सेनेटरी, तुलसी टायल्स, जेन साहेब, राजकुमार दारुका, पवन अग्रवाल, डीएन अग्रवाल, अशोक लाठ, नारायणी स्ट्रीप्स लगायतका दाताले सहयोग गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: