Wednesday, April 17, 2024
spot_img
Homeमधेश प्रदेशजिल्ला प्रहरीमा सिसिटिभी नियंत्रण कक्षको उदघाटन बीरगन्जलाई सुरक्षा प्रविधीबाट पुर्ण बनाईने मुख्यमन्त्रीको...

जिल्ला प्रहरीमा सिसिटिभी नियंत्रण कक्षको उदघाटन बीरगन्जलाई सुरक्षा प्रविधीबाट पुर्ण बनाईने मुख्यमन्त्रीको घोषणा

वीरगञ्ज, श्रावण

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बीरगन्जलाई सुरक्षीत शहर बनाउन प्रदेश सरकारले विशेष सहयोग गर्ने बताउनु भएको छ । नागरिक र समाजको सुरक्षाकोलागि प्रदेशको एक मात्र महानगरलागि सुरक्षा प्रविधी युक्त बनाउन प्रदेशले हर संभव सहयोग गर्ने मुख्यमन्त्रीले बताउनु भयो ।
आज जिल्ला प्रहरी कार्यालयमा सिसिटिभी, एलईडी भिडियो वाल नियन्त्रण कक्ष भवनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्रीले यस्तो बताउनु भयो । बीरगन्जको अधिकांश क्षेत्रलाई सिसिटिभी निगरानीमा समेटिएको र थप छुटेको क्षेत्रलाई पनि समेटने योजना छ । बीरगन्ज उद्योग वाणिज्य संघ मातहतको सेफर बिरगंज संस्थाको अगुवाईमा सिसिटिभी जडान र नियंत्रक कक्ष संचालनमा आएको हो । बिरगन्जमा २०६७ साल देखि सेफर बीरगन्जले सिसिटिभी जडान गर्ने कार्य गर्दै आएको हो । पहिला जडान भएका अधिकाशं क्यामराहरू बिग्रिएको ,पछिल्ला आन्दोलनको क्रममा क्षति भएकोले अहिले पुनः जडान गरि नियंत्रक युनिटपनि संचालनमा आएको हो । सिसिटिभी नियंत्रण कक्ष संचालनको लागि विशेष प्राविधिक अनुभव भएको प्रहरी टोली खटाईने प्रदेश प्रहरी प्रमुख उमेश रंजितकारले बताउनु भयो ।
सिसिटिभी जडान र नियंत्रण कक्षका लागि प्रदेश सरकार,प्रदेश सांसद कोष,बीरगन्ज उद्योग वाणिज्य संघ,बीरगन्जको बैन्कर्स , लगायतकाे करिब १ करोड ३० लाखको लागतमा सेफर बिरगन्जको अगुवाईमा बीरगन्ज सिसिटिभी दायरामा आएको हो । हाल बीरगन्जको ८० ठाउमा क्यामरा जडान गरि ४० लाख लागतमा एलईडी स्क्रिन र मोनिटर कक्ष संचालनमा आएको हो । प्रदेश सरकारले थप सहयोगको आह्वान गर्दै युपिएस ,र बैट्री जडानको बजेटपनि व्यवस्थापन गर्ने मुख्यमन्त्रीले बताउजु भयो ।
सेफर बीरगन्जका संयोजक मनोज दासको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी ,जनत अंसारी,मंजुर आलम,पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे,बीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता,केन्द्रीय सदस्य गोपाल केडिया ,नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको थियो ।
पर्साका प्रहरी उपरीक्षक श्री बेलबहादुर पाण्डेज्यूले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सेफर वीरगञ्जको सम्बन्धमा कार्यपत्र प्रस्तुतीकरण वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालज्यूले गर्नुभएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: