Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशलायन्स क्लबद्वारा वृक्षारोपन गरी लायन्स भिलेजको शुभारम्भ, ६ हजार थान बिरुवा रोपियो

लायन्स क्लबद्वारा वृक्षारोपन गरी लायन्स भिलेजको शुभारम्भ, ६ हजार थान बिरुवा रोपियो

वीरगञ्ज, श्रावण ३० ।

वातावरणलाई बचाऔं नारा सहित स्वच्छ, सफा र हराभरा अभियान अन्तर्गत अल लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर, सिमरा, अमलेखगंज, गंजभवानीपुर र कलैया एरियाका लायन्स क्लबहरुद्वारा संयुक्त रूपमा आज जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरी माई लायन्स भिलेजको शुभारम्भ गरिएको छ ।

लायन्स क्लब एरिया नम्बर २ का एरिया चिफ लायन बासु तिमिल्सिनाको अगुवाइमा भएको बृहत् वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब ६ हजार थान विरूवाहरु रोपिएका छन् । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ का डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टको विशेष अभियान अन्तर्गत लायन्स क्लबद्वारा नियमित रुपमा संचालन भइरहेका सामाजिक विकासका गतिविधिहरुलाई अझ बृहत रुपमा संचालन गर्नका लागि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ बी २ का सातवटै क्षेत्रमा माई लायन्स भिलेज स्थापना गरि समाजमा रहेका विभिन्न वर्गका पिछडिएका नागरिकहरुको सामाजिक एवं आर्थिक विकासका विभिन्न परियोजनाहरु संचालन गर्ने योजना अनुसार आज नितनपुरमा करिब ६ हजार थान विभिन्न प्रजातिका बिरुवाहरु रोपेर माई लायन्स भिलेजको शुभारम्भ गरिएको एरिया चिफ लायन बासु तिमिल्सिनाले बताउनु भयो ।

आज सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा सिसौ २ हजार थान, टिक २ हजार थान, सफेदा १५ सय थान, आँवला ५ सय थान लगायतका बिरूवाहरू रोपिएका छन् ।

कार्यक्रममा लायन्स क्लबका डिष्ट्रीक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन.अग्रवाल, डिष्ट्रीक्ट डेपुटी चिफ लायन मनोहर टिबडेवाल, को–चिफ डिष्ट्रीक्ट एडभाइजर लायन देव चौधरी, डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन विजय गुप्ता, एम्बेस्डर अफ गभर्नर लायन रिकेश साह, जोन चेयरपर्सन लायन श्याम गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, सेन्ट्रलकी अध्यक्ष लायन कविता हलान, लायन आशा अग्रवाल, लायन सिता अग्रवाल, लायन छेदुप लामा, लायन पप्पु श्रीवास्तव, लायन नरोत्तम पाण्डे, लियो सरिता खड्गी, वडा नम्बर १० का वडा अध्यक्ष सरोज पटेल, आधुनिक विद्यालयका प्राध्यापक अमित शर्मा, शिक्षक उपेन्द्र साह, स्थानिय समाजसेवीका सुगन्धि पासवान लगायत लायन्स क्लका अन्य सदस्य एवं गाउँका भद्र भलाद्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: