Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशगढीमाई डेरीको बिक्री कक्ष ‘बी नेचुरल’ को उद्घघाटन

गढीमाई डेरीको बिक्री कक्ष ‘बी नेचुरल’ को उद्घघाटन

वीरगन्ज , ३० साउन ।

वीरगन्ज महानगरपालिका – ८ पानीट्यांकीमा गढीमाई डेरीले आफ्नो उत्पादनको आईस्क्रिम सांप सञ्चालनमा ल्याएको छ ।

शनिबार एक समारोहका बीच आईस्क्रिम कक्षको बिरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले संयुक्त रुपमा उद्घघाटन गरेका हुन् ।

उद्घघाटन गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले उद्यमीहरुलाई प्रोत्साहन गरेर रोजगारको सृजना गर्नुपर्नेमा जोड दिए । वीरगञ्जका उद्योग व्यवसायको क्षेत्रमा “बि नेचुरल” ले नयाँ आयाम थपेको बताउँदै राजपालले आगामी दिनमा अँझै परिवर्तीत र परिस्कृत सहित व्यवसाय फस्टाउँदै जाने बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले डेढ दशकभन्दा लामो समयदेखि दुग्धजन्य पदार्थको उत्पादन र विक्रि वितरणमा “बि नेचुरल”का सञ्चालक रविन्द्र सिँहको महत्वपूर्ण योगदान रहेको बताए ।

साथै यस्ता उद्योगहरुलाई सञ्चार माध्यममार्फत प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषिमा आधारित पेशा र व्यवसायको बारेमा समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

” बी नेचुरल” मार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० देखि ७० जनाले रोजगार पाएको शोरुमका सञ्चालक रविन्द्र सिँहले बताए ।

प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुर, रौतहटको चन्द्रपुर, सर्लाहीको लालबन्दी, बाराको निजगढका साथै सिन्धुलीमा समेत डिलर विस्तार भइसकेको जानकारी दिँदै सञ्चालक सिँहले आगामी दिनमा अन्य क्षेत्रमा पनि डिलर थप्दै जाने लक्ष्य रहेको बताए ।

हाल २५ फ्लेवरमा आईसक्रिम उत्पादन भइरहेको र ग्राहकको माग र आवश्यक्ता अनुसार ५० फ्लेवरमा आइसक्रिम उत्पादन गर्न सक्ने सिँहको भनाई छ ।

डेरीले आफ्नो बिक्री कक्षमा आईसक्रिमको पकौडा पनि बिक्रीका लागि राखिने बताएको छ ।

पछिल्लो समय आईसक्रिम पकौडाका पारखीहरू बढ्दै गएकाले यसको उत्पादन थालिएको सञ्चालक सिंहले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: