Monday, February 26, 2024
spot_img
Homeमधेश प्रदेशबार एसोसिएसन द्वारा पत्रकार महासंघलाई सम्मान, जन सरोकारको पक्षमा संयुक्त प्रयासमा जोड

बार एसोसिएसन द्वारा पत्रकार महासंघलाई सम्मान, जन सरोकारको पक्षमा संयुक्त प्रयासमा जोड


वीरगन्ज ,३० साउन
नेपाल बार एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्साको नवनिर्वाचित समिती लाई एक कार्यक्रमका सम्मान गरेको छ ।
शनिवार नेपाल बार एसोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्ह पर्सा शाखामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष अनुप तिवारीले नेपाल पत्रकार महासङ्ह पर्सा शाखामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको बारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनले अगामी दिनमा नागरिक उतरदायी दुबै संस्था बार एशोसिएसन र पत्रकार महासंघ बीचको सम्बन्ध सुमधुर बनाएर अगाडि बढने बताए । लोकतन्त्र प्राप्तीको अभियान देखि जनताको पक्षका हरेक सवालमा बार र महासंघ संयुक्त रूपमा कार्य गर्दै आएको बताउदै तिवारीले पर्सामा पनि जनपक्षिय मुद्दामा दुबै संस्था साझेदारी गर्ने आवश्यक रहेको बताए ।
अहिले करको भारले जनता मारमा परेको विभिन्न उदाहरण देखाउदै कानुन व्यवसायी एव बारका पूर्व अध्यक्ष सालिग्राम प्रसादले सो तर्फ वकिल र पत्रकार मिलेर जनतालाई राहत दिन तर्फ अगाडि बढने आग्रह गर्नु भयो ।
नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता सालिग्राम प्रसाद ,अधिवक्ता रामेश्वर सेढाई , बिरेन्द्र यादव , रामनारायण कुर्मी,सन्तोष श्रीवास्तव लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: