Saturday, February 24, 2024
spot_img
Homeमधेश प्रदेशनिलकण्ठ अस्पतालको शुभारम्भ सुपथ र सहज स्वास्थ्य सेवा वितरण गर्ने लक्ष्य :...

निलकण्ठ अस्पतालको शुभारम्भ सुपथ र सहज स्वास्थ्य सेवा वितरण गर्ने लक्ष्य : डां गिरी

वीरगन्ज ,२७ साउन ।

बीरगन्जको पावर हाउस चौकको पश्चिम तथा जिल्ला समन्वय समितीको पूर्व अवस्थित निलकण्ठ अस्पतालको समुदघाटन भएको छ । बुधवार विध्वत पुजा पाठगरि अस्पताल संचालनमा आएको हो । विश्व स्वास्थय संगठन ( WHO) को उपाध्यक्ष भईसकेका डा. जगत नरायण गिरीले एक समारोहका बिच अस्पतालको उदघाटन गर्नु भयो । जिल्लावासीलाई सहज र सुपथ मुल्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको अस्पतालका संचालक एवं वरिष्ठ फिजिसियन डा. अभिनाश गिरीले बताउनु भयो ।

बीरगन्जका अन्य अस्पतालको तुल्नामा कम मुल्यमा प्रभावकारी सेवा प्रवाह गर्ने उदेश्य अनुसार अस्पालको मुख्य ढोका मै सबै सेवाको दर रेट पारदर्शी गरिएको छ । हाल अस्पताल बाट डा. राजदेव कुशवाहाले हाड जोर्नी , डा. तर्नुम अफरोजले महिला प्रसुती ,डा.श्याम बाबु गुप्ताले बालरोग तथा डा. आदित्य यादवले सर्जरी सम्बन्धित बिशेषज्ञ सेवा प्रदान गर्नु हुने अस्पताल व्यवस्थापनले जनाएको छ ।
आईसियु, सिसियु,जेनरल,तथा सर्जरी वार्ड ,प्थोलाजी,लगायतका सेवा संचालनमा आएका छन् । पर्साका ग्रामिण भेगबाट उपचारका लागि सदरमुकाम बिरगन्ज आउने बिरामीको लागि यो अस्पताल सहज पहुचमा हुने छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: