Sunday, March 3, 2024
spot_img
Homeप्रदेश १पकाहामैनपुर गाँउपालिकामा भ्रष्टचार उजागर गर्न युवाहरुले ज्ञापनपत्र बुझाए

पकाहामैनपुर गाँउपालिकामा भ्रष्टचार उजागर गर्न युवाहरुले ज्ञापनपत्र बुझाए


वीरगन्ज,२७ साउन ।
पर्साको पकाहामैनपुर गाँउपालिकामा विभिन्न शिर्षकमा गत आर्थिक बर्षमा भएको भ्रष्टचार उजागर गर्न आज ज्ञापनपत्र बुझाईएको छ । पकाहामैनपुर युवा संजालको अगुवाईमा बिहान निस्केको दबाब मुलक मोटरसाईकल रयाली पछि विभिन्न माग सहित १५ बुंदे ज्ञापनपत्र बुझाईएको भएको हो ।


पकाहा मैनपुर चौकबाट सुरु भएको दबाब स्वरुप मोटरसाईकल रयाली गाँउपालिका भरी नै घुमाएर गाँउपालिका अध्यक्ष विजय चौरसीयालाई ज्ञापनपत्र बुझाइएको पकाहामैनपुर युवा संजालका अकलेश साहले बताए ।
बिहान ११ बजे गाँउपालिका अध्यक्ष चौरसीयालाई ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष कै निकट व्यक्तिले ज्ञापनपत्र बुझाउन गएको टोली संग झडप पनि गरेको संजालका साहले बताए ।


लामो समयदेखि गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले काम नै नगरी बजेट पचाएको ,बिकाश गरेपनि गुणस्तरहिन गरेको ,जनता काम र गुनासो सम्बोधनमा जनप्रतिनिधि वेवास्ता गरेको गुनासो बढेपछि उजागर गर्न अगाडी बढेपछि अध्यक्षका निकटका व्यक्तिले झडप गर्न खोजेपछि प्रहरीले रोकेको संजालका साहले बताए ।


उनले गाँउपालिकाका जनप्रतिनिधिले गत आर्थिक बर्ष देखि कर्मचारीको मिलोमतोमा नितिगत भ्रष्टचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्र मार्फत पालिकाको विकृति उजागर गर्न थालिएको बताए । ज्ञापनपत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणबध रुपमा आन्दोलनमा जाने चेतावनी दिईएको उनले बताए ।


यस्तै मधेश आन्दोलनमा सहादत भएका शत्रुघन पटेल कि आमा गाँउपालिकाका कि उपप्रमुख कुसुम देवी पटेललाई संजालले दोसाल्ला लगाएर सम्मान पनि गरीएको उनले बताए । ज्ञापनपत्र बुझाउन गएको टोलीमा संजालका राजेश सहनी ,प्रमोद पटेल, फरिन्द्र चौहान, नवल पटेल ,सिकेन्द्र सहनी, धिरज बर्नवाल ,कुनाल पटेल लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: