test
Sunday, June 16, 2024
spot_img
Homeविचारगेट वे अफ नेपाल सफाई अभियान स् ‘काम गर्ने कालु मकै खाने...

गेट वे अफ नेपाल सफाई अभियान स् ‘काम गर्ने कालु मकै खाने भालु’

राजन श्रीवास्तव

भोलियन्टरको अभियानबाट क्रमशः सुन्दर बनिरहेको स्थललाई आफू नजिकका मिडिया र पत्रकार मार्फत आफ्नो संस्थाले सुन्दर बनाएको झै प्रचार गरिरहेका छन् । यो कहाँसम्मको जायज काम हो रु नैतिकता भन्ने कुरा पनि छ होला नी रु विना स्वार्थ खटिरहेका भाईबहिनीहरुलाई हौसला बढाउनुको साटो मनोबल कमजोर बनाउने काम किन भईरहेको छ रु

                                                                                                                                                                      

सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको थियो । त्यसको पूर्व सन्ध्या ५ नोभेम्बर २०१९ अर्थात ०७६ कात्तिक १९ गते अनलाईनखबरमा एउटा समचार आयो । पत्रकार दाई सुरेश बिडारीले गेट वे अफ नेपालको दुर्दशाको बारेमा लेख्नुभएको रहेछ ।

भ्रमण वर्षलाई गिज्याउने ‘गेटवे अफ नेपाल’ ‘वीरबलको खिचडी’जस्तै ल्याण्डफिल्ड साइट

समाचार पढ्दा हामीलाई वीरगञ्जबासी भन्न लाज लाग्नुपर्ने स्थिति थियो । शंकराचार्य गेट आसपासको अवस्था एकदमै दयनीय, महानगरले नै डम्पिङ साईटको रुपमा प्रयोग गरिरहेको रहेछ । नेपालको प्रमुख प्रवेशद्वार भएर आउने पर्यटकलाई सास फेर्न सकस हुनेगरि स्वागत हुने रहेछ । मुखमा रुमाल नराखी यात्रा गर्न नसक्ने स्थिति । फोहोरको डंगुरमाथि गाईबस्तु बंगुर चरिरहेको तस्वीर ।

समाचार पढेपछि म लगायत भोलेन्टियर समूह वीरगञ्जका सदस्यलाई निकै दुःख लाग्यो । शंकराचार्य गेटदेखि मितेरीपुलसम्मको स्थिति हेर्दा हामीलाई वीरगञ्जबासी भन्न लाज लाग्ने अवस्था थियो ।
भोलेन्टियर समूहले महानगर प्रमुख विजय कुमार सरावगीसँग समन्वय ग¥र्यौ । त्यो क्षेत्रलाई दुर्गन्धमुक्त बनाउन ‘सरसफाई अभियान’को थालनी गर्ने निधो भयो ।

सरसफाईसँगै सौन्दर्यीकरण गर्ने अभियानको पहिलो दिन विभिन्न स्कुल, कलेजका विद्यार्थी, सुरक्षाा निकाय, राजनीति दल लगायत ४ सय ५० जनाको भव्य सहभागीतामा शंकराचार्य गेट र आसपासको क्षेत्रको मुहार फेर्न सफल भयौं । विभिन्न मिडियाले समाचार पनि लेखेका छन् ।

एकदिन सफा गरेर छोड्दा उस्तै स्थिति बन्छ भन्ने लाग्यो । त्यसका लागि नियमित अभियान सञ्चालन गर्ने निधो भयो । भोलेन्टियरको निरन्तरको प्रयासलाई वीरगञ्जबाट मात्रै हैन, चितवन, रौतहट, बारा, हेटौंडा लगायत अन्य ठाउँका प्रतिनीधिले समेत आएर हौसला बढाउँथे ।

जसरी हामी आफ्नो घरको प्रवेश विन्दु दैलो सफा राख्छौं, त्यसैगरि देशको दैलोलाई सफा र सुन्दर बनाउनुपर्छ भन्ने मान्यता हामीले लिएका थियौं । सरोकारलावाले पनि हातेमालो गरे, होष्टेमा हैंसे दिने काम गरे । शंकराचार्य गेटको वरिपरि फोहोर फाल्ने गरिएकोमा त्यसलाई हटाउन लगाईयो, माटोले पुरेर त्यस ठाउँलाई दुर्घन्धबाटमुक्त बनाईयो ।

‘डम्पिङ साईट’ लाई ‘सेल्फी साईट’ बनायौं । वीरगञ्ज महानगरका तत्कालिन प्रमु्ख प्रशासकीय अधिकृत भिष्म कुमार भुषालले शंकराचार्य गेटको तल बगैचा बनाएका थिए । त्यहाँ एउटा राष्ट्रिय झण्डा लगाईएको थियो । साप्ताहिक सरसफाईपछि हामी राष्ट्रिय गान बजाएर सम्मान प्रकट गर्ने गर्दथ्यौं । मौका मिल्दा युवा भेला गरेर प्रतिभा प्रदर्शन समेत गर्दथ्यौं । अहिले सांसद प्रदिप यादवले संसदीय कोषको रकमबाट गेटको अगाडी ठूलो झण्डा लगाईदिनुभएको छ ।

भोलेन्टियर समुहले नाका हुँदै आउने यात्रुको लागि शौचालय बनाउने, भिजिट नेपाल २०२० को अवसरमा त्यो स्थानलाई अझै सुन्दर र आकर्षक बनाउने लक्ष्य राखेका थियौं । सडकको दायाँ र बायाँ दुवैतिर नेपालको पहिचान बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरु पशुपतिनाथ मन्दिर, सगरमाथा, फेवाताल, जानकी मन्दिर, गढीमाई, घडिअर्वा पोखरी लगायत स्थलहरुको तस्वीरको बोर्ड बनाएर लगाउने सोच बनाएका थियौं । ०७६ चैत ११ गतेदेखि कोरोना मनामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउनको आव्हान भयो ।

कोरोना महामारीको समयमा निरन्तर सरसफाई गर्न नसकेको सत्य हो । तर पहिलाको जस्तो कुरुप स्थितिमा अब कहिल्यै पुग्ने छैन । २६ हप्तासम्म काम जो गरिएको छ । पहिलो र दोस्रो लहरको महामारीपछि स्थिति अलि सामान्य छ । २७ औ सप्ताहबाट सरसफाई अभियान शुरुवात गरिसकेका छौं ।

भोलेन्टियर समूहले गरेको कार्यलाई धेरैले प्रशंसा गरेकै कारण हामीलाई हौसला मिलेको हो । कतिपयले निकै राम्रो सल्लाह सुझाव पनि दिन्थे । सकारात्मक उर्जा मिल्थ्यो । अचानक केहि संस्था भोलियन्टरले शंकराचार्य गेट र आसपासको क्षेत्रमा २८ हप्तासम्म गरेको मेहनतलाई ओझेलमा पार्न तम्सिएको अनुभूति हामीलाई भएको छ ।

भोलियन्टरको अभियानबाट क्रमशः सुन्दर बनिरहेको स्थललाई आफू नजिकका मिडिया र पत्रकार मार्फत आफ्नो संस्थाले सुन्दर बनाएको झै प्रचार गरिरहेका छन् । यो कहाँसम्मको जायज काम हो रु नैतिकता भन्ने कुरा पनि छ होला नी रु विना स्वार्थ खटिरहेका भाईबहिनीहरुलाई हौसला बढाउनुको साटो मनोबल कमजोर बनाउने काम किन भईरहेको छ रु

भोलियन्टर समूहलाई सघाउँदै कार्यस्थलमा हातेमालो गरेर अगाडि बढ्दा उनीहरुको के जान्थ्यो रु यो त ‘काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भएन र रु दुईचार जना गन्यमान्यलाई लगेर फोटो खिचाउँदैमा त्यस क्षेत्रको सुधार हुने हो भने बेग्लै कुरा हो ।

वास्तवमै नाम र प्रचारको लोभ छैन भने किन जारी रहेको अभियानमा हातेमालो गरिएन रु अरुले गरेको कार्यमा आफ्नो संस्थाको प्रचारवाजी र राजनीति गर्ने काम किन गरियो । युवा भाई बहिनीको मनोबल खस्काउने र सरसफाई अभियानलाई नै बिथोल्ने गरि कार्य किन गरियो रु

शंकराचार्य गेट आसपासको क्षेत्र दुर्घन्धित हुँदा, फोहोर डंगुरम सुँगुर चर्दा, सडकको दायाँबाया फोहोर हुँदा उनीहरु कहाँ थिए ।

लेखक भोलियन्टर समूहको संयोजक हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments