Sunday, February 25, 2024
spot_img
Homeमधेश प्रदेशभोलेण्टियर समूहको अगुवाईमा शंकारचार्य गेटको सडक मर्मत

भोलेण्टियर समूहको अगुवाईमा शंकारचार्य गेटको सडक मर्मत


वीरगन्ज, २५ साउन । नेपालको प्रमुख प्रवेशद्वार शंकारचार्य गेट क्षेत्रमा आज सडक मर्मत गरिएको छ । भोलेण्टियर समूह र वीरगन्जको संयुक्त पहलमा शंकाराचार्य गेट क्षेत्रमा खाल्डाखुल्डी परेको सडकमा ग्राभेल भरेर सडक समथल बनाईएको भोलेण्टियर समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको समन्वयमा प्रमुख प्रवेशद्वारको सडक बनाईएको उनले बताए । भोलेण्टियर समूहले हरेक हप्ताको शनिबार बिहान शंकाराचार्य गेटक्षेत्रमा सरसफाई गर्दै आएको छ । सो क्षेत्रको सडक भत्किएर खाल्डाखुल्डी भएपछि मर्मत संभारको लागि महानगर प्रमुख सरावगीको अगुवाईमा ग्राभेल भर्ने काम भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: