Thursday, May 30, 2024
spot_img
Homeमधेश प्रदेशलायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न


वीरगंज, साउन २४ । लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको होटल पुजनमा आयोजित अल लायन्स एण्ड लियो क्लब अफ वीरगंज, जीतपुर, सिमरा, अमलेखगन्ज, गंजभवानीपुर र कलैया एरियाको संयुक्त पदस्थापन एवं नवप्रवेशी लायन्स सदस्यहरुलाई स्वागत कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का खानेपानी, उर्जा तथा सिंचाई मन्त्री ओमप्रकास शर्माले आफ्नो कार्यकालमा लायन्स क्लबले गर्ने सामाजिक विकासका कार्यक्रम एवं परियोजनाहरुमा आफ्नो सक्रिय सहभागिता रहने र मन्त्रालयको तर्फबाट सक्दो सहयोग समेत गर्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनलका डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्टले लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरु एवं भर्खरै खुलेका नयाँ लायन्स क्लबका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई लायन्सको पिन लगाई पदस्थापन गराउनु भएको थियो ।
त्यसैगरि कार्यक्रमका अर्का विशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुलाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।

वहाँले कोरोना भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै लायन्स क्लबद्वारा नारायणी अस्पताल वीरगंजलाई ४५ लाख बराबरको मेडिकल उपकरण सहयोग गर्न लागिएको बताउनु भयो ।

त्यसैगरि श्रीपुर मा.वि. वीरगंजमा अडिटोरियम निर्माण एवं वीरगंज महानगरपालिकासँग समन्वय गरि वीरगंजको काली मन्दिर अगाडी रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबको संरक्षणमा रहने गरि मधुमेहका बिरामीहरुकोलागि अत्याधुनिक सुविधा सम्पन्न व्यायाम केन्द्र संचालन गरिने समेत बताउनु भयो ।
सोही कार्यक्रममा पर्साको धोबिनी गाउँपालिकाका १५ वर्षिय अशक्त अब्दुल कैशलाई १ थान व्हील चेयर प्रदान गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन सि.बी. चन्द, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर.पी. खेतान, क्याबिनेट सेक्रेटरी लायन प्रभाकर पंडित, क्याबिनेट ट्रेजर लायन नारायण प्रसाद शर्मा, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन, लायन्स क्लबका को–चिफ डिष्ट्रिक्ट एडभाइजरद्वय लायन राम बिहारी पाण्डे, लायन देव चौधरी, मानद डिष्ट्रिक्ट एडभाइजर लायन पशुपति विक्रम शाह, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन मनु लामा, कार्यक्रम संयोजक लायन विजय गुप्ता, एओजी लायन निलम वैद्य, एरिया नम्बर २ का एरिया चिफ लायन बासु तिमिल्सिना, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी लगायतका अतिथिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
सो अवसरमा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवाललाई बेष्ट लायन्स रिपोर्टिङ्ग र एरिया मिडिया कोर्डिनेटर लायन विजय कुशवाहालाई लायन अफ द मन्थ सम्मानद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लबका रिजन चेयरपर्सन लायन कलिमुल्लाह अन्सारी, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन श्याम गुप्ता, लायन बलराम श्रेष्ठ, लायन रामेश्वर गुप्ता, लायन रजनी तिवारी, लायन बिनय श्रेष्ठ लगायत लायन्स क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लबकी रिजन चेयरपर्सन लायन विजया आझैया र धन्यवाद ज्ञापन लायन्स क्लब एरिया नम्बर २ का एरिया सेक्रेटरी लायन उमेश शर्माले गर्नु भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: