Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशपोखरीयाका नगरप्रमुख रौनियारलाई ९ बुंदे माग राख्दै ज्ञापनपत्र

पोखरीयाका नगरप्रमुख रौनियारलाई ९ बुंदे माग राख्दै ज्ञापनपत्र


वीरगन्ज,२४ साउन
पोखरीया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारलाई विभिन्न माग राख्दै पोखरिया युवा समाजले आज ज्ञापनपत्र बुझाएको छ । नगरपालिका कार्यालयमा पछिल्ला आर्थिक बर्षमा विभिन्न शिर्षकमा भएको बेथिति र भ्रष्टचारबारे उजागर गर्न माग राख्दै पोखरिया युवा समाजले ९ बुंदे ज्ञापनपत्र बुझाएको हो । नगरपालिकामा भएको पटक पटक भएको गलत फर्जी टेन्डर र भ्रष्टाचारलाई पारदर्शी रुपमा जानकारी गराउन माग राख्दै ज्ञापनपत्र बुझाईएको पोखरिया युवा समाजले जनाएको छ ।
नगरपालिकामा फर्जी रुपमा भएको सम्पुर्ण टेण्डरको कागजपत्र पारदर्शी गर्न , जिल्ला उचांगल राष्ट्रिय माध्यमिक विद्यालय पोखरीयाको स्वागत तथा प्रधानाध्यापकको समस्या गर्न , हरेक वडामा खराब भएको बाटो तुरन्त मर्मत सम्भार गर्न ,पोखरीया नगरपालिकाको कार्यालयले दिने सम्पुर्ण आर्थिक तथा प्रशासनिक सेवा कार्यालय भित्रबाट दिने व्यवस्था गर्न ,पोखरीया अस्पतालको समस्या समाधान गर्न माग गरीएको छ ।
यस्तै कृषिको बजेट पारदर्शी गर्न ,बजार व्यवस्थापन चाँडै भन्दा चाँडै गर्न ,कर्मचारीको नियुक्ती प्रक्रिया सार्वजनिक गर्न र २०७७ र ०७८ सालको आय व्यय पारदर्शी गर्न माग राख्दै ज्ञापनपत्र बुझाईएको पोखरीया युवा समाजका अध्यक्ष भगवान दास तत्वाले बताउनुभयो । ज्ञापनपत्रमा उल्लेखित माग यथाशिघ्र उपलब्ध नगराए चरणबध रुपमा आन्दोलनमा जाने चेतावनी दिईएको पोखरीया युवा समाजका अध्यक्ष तत्वाले बताउनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: