Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशजगरनाथपुर गाउँपालिकाको छैठौ गाउँ सभा सम्पन्न ,अध्यक्ष जालिम मियां द्वारा ३ करोडको...

जगरनाथपुर गाउँपालिकाको छैठौ गाउँ सभा सम्पन्न ,अध्यक्ष जालिम मियां द्वारा ३ करोडको जग्गा पालिकालाई दिने घोषणा

वीरगन्ज ,२४ साउन ।

पर्साको जगरनाथपुर गाउँपालिकाको छैठौ गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा बाट आर्थिक वर्ष ०७८/०७९ को लागि ४० करोड ५ लाख ४६ हजारको बजेट प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष जालीम मियाँ मंसुरी ले एक कार्यक्रम का बिच गाउँ सभाको उद्घाटन गर्नु भएको थियोे ।
गाउँपालिका अध्यक्ष जालिम मियाँले गाउँपालिकाको संरचना निर्माणको लागि करोडौं मूल्य बराबरको आफ्नो निजी १४ कठा जग्गा पालिकाको नाममा नामसारी गर्ने घोषणा गर्नु भयो । हाल पालिका कार्यालय पछाडि रहेको जग्गामा पालिकाको विभिन्न शाखा कार्यालय लगायतका पूर्वाधार निर्माण हुने उहाले बताउनु भयो । अहिले चलन चल्तीमा उक्त जग्गाको मूल्य २ करोड ८० लाख हुन जान्छ । सो ठाउमा अहिले २० लाख कठ्ठाको भाउमा जग्गा विक्री हुँदै छ ।
घर घरमा ग्यास चुलो बितरण गर्ने सबै वडालाई एक आपसमा जोड्ने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका महत्वपूर्ण योजना विगत वर्षमा संचालित भईसकेका छन ।
गाउँपालिकाको बजेटमा शिक्षा ,स्वास्थ्य ,कृषि, महिला बालबालिका, जेष्ठ नागरिक लगायत भौतिक बिकासमा जोड दिईएको छ । गाउँपालिकामा रहेको ३१ वटा वधालयको भौतिक पूर्वाधार संरक्षण ,नयां निर्माण , प्राबिधिक शिक्षा लगायतको योजना अगाडि बढेको मियांले बताउनु भयो ।
आर्थिक वर्ष ०७८/७९ को ४० करोड ५ लाख, ४६ हजार बराबरको अनुमानित बजेट शिक्षा संयोजक रामनरेश यादवले बाचन गर्नु भएको थियो । गाउँ सभा बाट समाजिक सुरक्षा कोष ७ करोड,बितिय सामानिकरण तर्फ ११ करोड६८ लाख,प्रदेश सरकार ७९ लाख ८२ हजार प्रदेश बिषेश अनुदान ३० लाख,समपुर्क अनुदान २० लाख आन्तरिक अनुदान ६ करोड,गरिब संघ बिशेश्वर ५ लाख ४६ हजार लगायत ४० करोड ५ लाख ४६ हजार के बजेट प्रस्तुत भएको छ।

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रसाशकिय अधिकृत उतम कार्की,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वडा अध्यक्षहरू मंगरू राउत गदी, , प्रभु प्रसाद नुनिया, लगायतकाले मन्तव्य राखेका थिए।
गाउँ सभामा कार्यपालिका सदस्य ,गाउँपालिका महिला र पुरुष सदस्य ,स्थानियबासिन्दा,कर्मचारी ,पत्रकार , सुरक्षाकर्मी हरुको सहभागिता रहेको थियोे । गाउँ सभामा उपस्थित पत्रकार , र महिला स्वयमसेबिकाहरु लाई अध्यक्ष मियाँले सम्मानित गर्नु भएको थियोे । कार्यक्रम संचालन स्वास्थ्य संयोजक पुरेन्द्र साहले गरेका थिय ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: