Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशकालो बजारी गर्ने वीरगन्जका एक जना पक्राउ

कालो बजारी गर्ने वीरगन्जका एक जना पक्राउ

वीरगन्ज ,२२ साउन /

पर्सा प्रहरीले कालो बजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका रोज अन्सारी रहेका छन ।

मुर्ली कै अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा काम गर्ने रोजले खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । भने उक्त पसल सञ्चालक अब्दुल अन्सारीको खोजी भइरहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: