Thursday, June 13, 2024
spot_img
Homeमधेश प्रदेशआईटी आर्मी’ ले राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्छ -...

आईटी आर्मी’ ले राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्छ – पूर्वमन्त्री साह

वीरगन्ज,२२ साउन /

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रभु साहले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको बताए ।

यसले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितिको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने साहले बताए ।

शुक्रबार वीरगन्जको होटेल पदम पार्टीमा आयोजित प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले यस्तो बताएका हुन ।

पुर्वमन्त्री साहले आईटी आर्मीले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उनले वर्तमान अस्पष्ट व्यवस्थाले मच्चाएको अस्थिरता र अराजता तथा सामन्तवादको बाँकी रहेको अवशेषले समाजमा फैलाएको भ्रमलाई निस्तेज गर्ने कार्यमा समेत आईटी आर्मी सफल हुने बताए ।
भेलामा नेताहरु पवन तिवारी , उमेश कुशवाहा , कुन्दन कुशवाहा लगायतकाले मन्तव्य राखेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: