Thursday, May 30, 2024
spot_img
Homeमधेश प्रदेशआईटी आर्मी पर्साका अध्यक्षमा पटेल चयन

आईटी आर्मी पर्साका अध्यक्षमा पटेल चयन

वीरगन्ज,२२ साउन ।

आईटी आर्मी पर्साका अध्यक्षमा गौरव सन्तोष पटेल चयन भएका छन । आईटी आर्मी पर्साको प्रथम भेलाले अध्यक्षमा पटेल चयन भएका हुन ।

शुक्रबार वीरगन्जको होटेल पदम पार्टीमा आयोजित प्रथम जिल्ला भेलामा पुर्वमन्त्री प्रभु साहले आईटी आर्मी पर्सा चयन गरेका हुन ।

भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले आईटी आर्मीले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उनले वर्तमान अस्पष्ट व्यवस्थाले मच्चाएको अस्थिरता र अराजता तथा सामन्तवादको बाँकी रहेको अवशेषले समाजमा फैलाएको भ्रमलाई निस्तेज गर्ने कार्यमा समेत आईटी आर्मी सफल हुने बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: