Thursday, April 18, 2024
spot_img
Homeमधेश प्रदेशअलौको कोनिया पोखरी नमास्न उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जको आदेश

अलौको कोनिया पोखरी नमास्न उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जको आदेश


वीरगन्ज,२२ साउन
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं स्थित कोनियामा रहेको पोखरीलाई मासेर सामुदायिक भवन निर्माण गर्न वडा कार्यालयले तयारी गरेपछि उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जले निषेधाज्ञा जारी गरेको छ ।
उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जका न्यायधीशद्धय रमेश कुमार पोखरेल र कृष्ण बहादुर थापाको एकल ईजलाशले निषेधाज्ञा जारी गरेको हो ।
विगत लामो सयमदेखी कित्ता नम्बर ८४ को १ कठठा १० धुर क्षेत्रफलमा फैलिएको पोखरीलाई वडा कार्यालयले खाली जग्गा भनेर सामुदायिक भवन निर्माण गर्न प्रक्रिया अगाडी बढाएपछि स्थानीय सुदर्शन लामिछानेले वडाअध्यक्ष सुखरानी देवी यादव सहित उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जमा वडा अध्यक्ष सहित ८ जनामा निषेधाज्ञा मुद्धा दिएका थिए ।
विगतमा पनि वडाअध्यक्ष सुखरानी देवी यादवका पति बिरेन्द्र यादवले जिल्ला प्रशासनको निर्देशन नटेरेपछि कानुनी प्रक्रियामा अगाडी बढिएको लामिछानेले बताए । उनले पुस्तौ देखि रहेको पोखरीलाई मासेर वडा अध्यक्ष सुखरानीका पति बीरेन्द्रले सामुदायिक भवन निर्माण गर्न प्रक्रिया बढाएपछि बाध्यताले कानुनी उपचार खोज्नु परेको बताए ।
लामिछानेले वडामा रहेको ऐतिहासिक पोखरीलाई संरक्षण गर्दै अन्य ठाँउमा सामुदायिक भवण निर्माण गर्न आग्रह गर्दा नमानेपछि कानुनी प्रक्रियामा गएको बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: