Sunday, February 25, 2024
spot_img
Homeमधेश प्रदेशवडा अध्यक्ष सहनीलाई फसाइएको तथ्य फेला सहनीको मोटरसाईकल लिएर गायब हुने व्यक्ति...

वडा अध्यक्ष सहनीलाई फसाइएको तथ्य फेला सहनीको मोटरसाईकल लिएर गायब हुने व्यक्ति नै प्रहरीको सुराकी

बीरगंज ५ साउन : ईलाका प्रहरी कार्यालय पोखरियाले हिजो (सोमबार) लागुऔषध सहित सार्वजनिक गरेको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अमिरका सहनीलाई फसाइएको तथ्य बाहिरिएको छ । सहनी सोमबार आफ्नो गाउको बहुविवाहको उजुरीको छलफलमा दिनभरि जिल्ला प्रहरी कार्यालय मै रहेका थिए । सहनी जिल्ला प्रहरी कार्यालयमा रहेको समय उनी संगै गाउबाट आएका एक युवकले उनको सरकारी नम्बरको मोटरसाईकल लिएर दिनभरि हराएका थिए, र साझ साढे ७ बजे घर फर्किने समयमा ति युवकले मोटरसाईल ल्याएर भारतिय दुतावास नजिक पुर्याएका थिए । गाउबाट सहनी संगै आएका उनी संगै गाउ फर्किन नमानेको र आफु तिलावे कटेपछि एक्काशी सादा पोशाकको प्रहरीले नियंत्रणमा लिएपछि आश्चर्यमा परेको सहनीले बताएका छन ।
प्रहरी समझ उनले आफुलाई कस्ले कसरी फसाएको सम्पुर्ण कुरा ब्यानमा राखिसकेको समेत बताएका छन । अनुसंधान प्रभावित हुन सकने भएकोले समाचारमा ति व्यक्तिको नाम उल्लेख गरिएको छैन । इलाका प्रहरी कार्यालय पोखरियालाई घटनाको सम्पुर्ण विवरण बताई सकिएपनि प्रहरीले मोटर साइकल लिएर घण्टौ हराउने युवकलाई हाल सम्म नियंत्रणमा लिएको छैन । ति युवक र इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक थापाको घनिष्ट सम्बन्ध रहेको कारण पनि सहनीलाई फसाउन दुबै जनाको संयुक्त योजना हुन सुक्ने आशंका पनि गरिएको छ ।
निर्दोषलाई फसाउने पनि ठुलो अपराधी हुने भएकोले सहनीको ब्यान अनुसार निष्पक्ष अनुसंधान गर्नु पर्ने सहनीका परिवार जनले मांग गरेका छन । यदी सहनी दोषी छन भने कानुन सम्बद्ध कार्यवाही हुनु पर्छ तर यदी उनलाई फसाइएको हो भने फसाउनेलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने प्रहरी समझ परिवारले आग्रह गरेको छ । आफ्नो राजनैतिक फाइदा हुने उदेश्यले सहनी लाई फसाउन प्रहरी र उनीसंगै निकट रहेका केही ब्यक्ति लामो समय देखि प्रयासरत रहेका थिए ।
यस भन्दा अगाडी पनि रिस्वीको अधारमा लागु औषध राखेर योजनाबद्ध रुपमा फसाउन खोज्ने घटनाको सुक्ष्म अनुसंधान हुदा निर्दोष बाच्ने र फसाउने व्यक्ति कारागारमा गएको आधा दर्जन मुद्दा जिल्लामा उदाहरणीय छन । तसर्थ मुद्दाको निष्पक्ष छानबीन हुन जरुरी छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: