Wednesday, February 28, 2024
spot_img
Homeमधेश प्रदेशपरवानीपुर गाँउपालिका ४ चैनपुरमा वडा कार्यालयको भवन उदघाटन

परवानीपुर गाँउपालिका ४ चैनपुरमा वडा कार्यालयको भवन उदघाटन


वीरगन्ज,४ साउन /
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ वडा कार्यालयको आफ्नै भवन बनेको छ । चैनपुर चौकमा बनेको वडा कार्यालय भवनको आज वडाअध्यक्ष गजेन्द्र प्रसाद पटेलले उदघाटन गरेका छन ।
आर्थिक वर्ष २०७६÷७७ र ०७७÷७८ मा गाँउपालिकाको सहयोग ३५ लाख रुपैँयाको लागतमा सो भवन बनेको हो । नव निर्मित एक तले पक्की भवनमा तीन वटा कोठा र एउटा ५० जना आट्ने सभाहल रहेको पटेलले जानकारी दिनुभयो ।
सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिएको उहाँले बताउनुभयो ।
यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष पटेलले बताउन्भयो । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ छ ।
उदघाटन कार्यक्रममा वडा सचिव सन्तोष नेपाली ,पुर्व वडा सचिव ललन नेपाली ,स्थानीय जगदीश साह कानु ,रम्भु पटेल लगायत वडा सदस्यहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: