Wednesday, February 28, 2024
spot_img
Homeमधेश प्रदेशबाल हेल्प लाईनमा बस्दै आएका दुई जना दिदिबहिनीको जन्मदर्ता बन्यो

बाल हेल्प लाईनमा बस्दै आएका दुई जना दिदिबहिनीको जन्मदर्ता बन्यो

वीरगन्ज ,२ साउन

वीरगन्ज महानगरपालिका २ छपकैयामा रहेको बाल हेल्प लाइनका दुई जना दिदीबहिनीको जन्मदर्ता बनाइएको छ ।

अभिभावक र घर थाहा नभएको भन्दै करिब १६ महिना देखि बाल हेल्प लाईनमा बस्दै आएका उनीहरूको जन्मदर्ता बनाइएको हो ।

उनीहरूलाई वीरगन्ज महानगरपालिका ९ रानिघाटबाट जन्मदर्ता गराइएको आवर सन्सारका अध्यक्ष मुकेश साहले जानकारी दिए ।


अभिभावक बिहिन बनेका उनीहरूको वीरगन्ज महानगरपालिका कि उपप्रमुख शान्ति कार्की सुचक बनेर जन्मदर्ता बनाउन सहयोग गर्नुभएको साहले बताए ।

उपप्रमुख कार्कीको समन्वयमा वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार र वडा कार्यालयका पन्जिकरण अधिकारी राजिव गिरीको विशेष सहयोगमा जन्मदर्ता बनाइएको उनले बताए ।

अभिभावक बिहिन भएका बालबालिकाको जन्मदर्ता बनाउन आवश्यक रहेकाले समन्वय गरेर बनाइएको वीरगन्ज महानगरपालिका गैर सरकारी संस्था शाखाका प्रमुख  एव बालमैत्रि फोकल पर्सन मुकेश गुप्ताले बताए ।

उनका अनुसार सानो उमेरमै अभिभावक गुमाएका उनीहरुले घन्टाघरको सेडमा बसेर र मागेर जीवन गुजारा गर्दै आएपछी उदारा गरि बाल हेल्प लाइनमा लगिएको थियो ।

वीरगन्ज महानगरपालिका र आवर सन्सारको सहयोगमा बाल हेल्प लाईन करिब दुई बर्ष देखि संचालनमा रहेकोे छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: