test
Sunday, June 16, 2024
spot_img
Homeहोमपेजबुटवल जाने १९ वर्षीय युवतीलाई ट्रकमा चढाएर जबरजस्ती करणी गर्ने २ जना...

बुटवल जाने १९ वर्षीय युवतीलाई ट्रकमा चढाएर जबरजस्ती करणी गर्ने २ जना पर्साबाट पक्राउ

वीरगन्ज ,१ साउन

बुटवल लिने भनेर ट्रकमा चढाई पटक पटब जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिकाको वडा नम्बर २१ बस्ने २७ वर्षिय सुनील महतो र पोखरिया नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षिय शिवबालक महतोलाई असार ३० गते बुधबार प्रहरीले पक्राउ गरेको हो ।

रुकुम घर भएकी १९ वर्षिय महिलालाई २ वर्षिय छोरा सहित असार २७ गते बुटवल जानको लागि कलङ्की चोकबाट ना ५ ख २८७० नम्बरको ट्रक चालक सुनील महतोले नारायणगढसम्म पु¥याइदिन्छु भनी उनलाई ट्रकमा चढाए । पहिरोका कारण चितवनमा बाटोमा जाम थियो ।

जाममा गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिनभित्र सीटमा जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन । असार २८ गते जाम खुलेपछि महतोले युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउसो १ बजे शिवबालक महतोले चलाएको ना ६ख ३३६९ नं को ट्रक रोकी उक्त ट्रकमा चढाइदिए ।

ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ति युवतीले बताइन । महतोले ट्रकमा उनलाई बीरगञ्जतर्फ ल्याएको र बीरगञ्ज ल्याउने क्रममा पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक करणी गरिएको पीडित महिलाले बताइन ।

असार गते बिहान ८ बजे महतोले सोही ट्रकका सहचालक सोही ठाउँका २७ वर्षिय इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पु¥याउन भनेकोमा निज सहचालक इन्दल चौहानको ४० वर्षिय ब्यक्तिले पीडितलाई ड्राइपोर्ट परवानीपुर सडकखण्डको बिचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी हिँडेका थिए ।

दिउसो ५ बजेको समयमा र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरीले पीडित महिलाको नालीबेली सुनीसकेपछि घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले चलाएको दुइटा ट्रकहित पक्राउ गरेको छ ।

पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । महिलाको स्वास्थ्य परिक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा भएको छ ।

प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए । २ घटनामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको उनले वताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments