Thursday, June 13, 2024
spot_img
Homeहोमपेजपरवानीपुर बजारमा अनेरास्ववियुका विद्यार्थी नेताले प्रधानन्यायाधीश चोलेन्द्रको पुतला जलाए

परवानीपुर बजारमा अनेरास्ववियुका विद्यार्थी नेताले प्रधानन्यायाधीश चोलेन्द्रको पुतला जलाए

वीरगन्ज ,१ साउन

नेकपा एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी गर्दै पुतला दहन गरेका छन् ।

अनेरास्ववियु परवानीपुर गाउँपालिकाको अगुवाइमा परवानीपुर बजारमा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएर पुतला दहन गरेका हुन ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेपछी उनीहरू आन्दोतित भएका हुन ।

उनीहरू अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाएको समय देखि सडकमा उत्रिएका छन् ।

विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् । पुतला दहन कार्यक्रममा अनेरास्ववियुका नेता शंकर यादव , सहजाद हवारी , राजु आलम ,अजय यादव ,शिवलाल यादव , विशाल यादव, लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: